कोशी सरकार भंग गर्न एमालेको माग
शनिबार बसेको सचिवालय बैठकले असंवैधानिक तरिकाले कोशी सरकार गठन भएको भन्दै तत्काल सरकार भंग गरेर अर्को सरकार गठनको प्रक्रिया थालनी गर्न माग गरेको हो।
काठमाडौं, आसर ३० : नेकपा एमालेले नवगठीत कोशी प्रदेश सरकार भंग गर्न माग गरेको छ।
शनिबार बसेको सचिवालय बैठकले असंवैधानिक तरिकाले कोशी सरकार गठन भएको भन्दै तत्काल सरकार भंग गरेर अर्को सरकार गठनको प्रक्रिया थालनी गर्न माग गरेको हो।
सभामुखको समेत हस्ताक्षर लिएर गठबन्धनका तर्फबाट उद्धव थापालाई मुख्यमन्त्री चयन गरिनु असंवैधानिक कदम भएको एमालेले ठहर गरेको छ।
‘संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन। त्यसैकारण सभामुखले दलीय आबद्धताबाट अलग हुने प्रचलन रहेको छ। अझ, सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ । नेकपा एमाले सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भ्रर्त्सना गर्दछ,’ एमाले सचिवालय बैठकले भनेको छ।
सरकार गठनविरुद्ध एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर पनि गरेको छ। सो मुद्दामा सर्वोच्च अदालतले सरकारले दीर्घकालिन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ। मुद्दाको पेशी साउन ७ गतेलाई तोकिएको छ।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)