Kathmandu Press

‘चुनावको चिन्ता होइन, देशको चिन्ता गरौं’

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रम महामन्त्री शर्माले राजनीतिक दलहरु २०८४ को निर्वाचन केन्द्रित हुँदा देशको अहिलेको अवस्थाबारे कम चिन्तित भएको उल्लेख गरे।
‘चुनावको चिन्ता होइन, देशको चिन्ता गरौं’

काठमाडौं, असार ३० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलरुले चुनावको चिन्ता होइन देशको चिन्ता गर्न आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रम महामन्त्री शर्माले राजनीतिक दलहरु २०८४ को निर्वाचन केन्द्रित हुँदा देशको अहिलेको अवस्थाबारे कम चिन्तित भएको उल्लेख गरे।

‘कतिपयले मिसन ८४ भनेर घोषणा गर्नुपर्छ भनिरहेका छन्, मिसन ८४ भनेको २०८४ को चुनावमा चाहिँ जित्ने भनेको हो? ०८४ मा चुनाव भएपछि ०८९ को चिन्ता,’ उनले भने, ‘यो देशको चिन्ता कहिले गर्ने ? देशको भविष्य अबको १५ वर्षमा के बनाउनसक्छौँ ? कहाँ पुग्ने भन्ने चिन्ता गरौं।’

ओरालोतर्फ लागेकाले धेरै कार्यकर्ता कांग्रेस त्याग्ने मनस्थितिमा पुगेको बताउँदै शर्माले पार्टीप्रति असन्तुष्टि पोखे।  ‘पार्टी यस्तो ओरालो लागेको छ की भनेजस्तो भएपछि मान्छेलाई कांग्रेस छोडौं, छोडौं जस्तो लाग्ने रहेछ । यसमा भविष्य छैन जस्तो लाग्दो रहेछ,’ उनले भने।

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्