Kathmandu Press

पालको राजनीतिमा सबै समूदायको भूमिका आवश्यक : सभापति देउवा

शनिबार काठमाडौंमा तमु (गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सवै समूदायको भूमिका आवश्यक रहेको बताएका हुन्।
पालको राजनीतिमा सबै समूदायको भूमिका आवश्यक : सभापति देउवा

काठमाडाैं, असार ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिमा सबै समूदायको भूमिका आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा तमु (गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सवै समूदायको भूमिका आवश्यक रहेको बताएका हुन्।

उनले सबै समुदायलाई राजनीतिका साथै हेरेक स्थानमा समावेश गर्न आवश्यक रहेको पनि बताए। सभापति देउवाले कांग्रेस पनि सबै समुदायको पार्टी भएकाले सबैलाई साथमा लिएर हिड्नुपर्ने धारणा राखे। कांग्रेसमा सब समुदाय जनताको आवश्यकता रहेको उनको भनाइ छ।

कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेस नेता डा प्रकाशशरण महतले पार्टीले गरेका राम्राका कामको प्रचार हुन नसकेकाले नै कांग्रेसले गरेका कामहरुको जस अरुले लिएको बताए। उनले हरेक वर्ग क्षेत्र समूदायको पहुँचमा देशको आर्थिक उन्नती पुग्नुपर्छ भन्ने लक्ष्य कांग्रेसको रहेको बताए।

त्यस्तै अन्य कांग्रेस नेताहरुले पार्टीलाई बलियो बनाउन र जनतामाझ पुराउन भातृसंगठनको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्