सुदूरपश्चिममा निर्वाचन क्षेत्रको बजेट ३ करोडबाट ५ करोड बनाउने सहमति
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले प्रदेशसभा सांसदकाे योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रतिनिर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो।
धनगढी, असार ३० : सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले प्रदेशसभा सांसदकाे योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रतिनिर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो।
स्रोतका अनुसार बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेपछि अरु दलका नेताहरुले समर्थन जनाएका थिए।
सत्तारुढ दलहरुले नै यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने बताइरहेका बेला निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ बनाउनेमा भने एकमत देखिएका छन्।
बैठकमा प्रदेशसभा सदस्यहरुले सिफारिस गरेका योजनाहरु पनि बजेटमा समावेश गर्ने सहमति भएकाे जनाइएकाे छ।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)