Kathmandu Press

राजामौलीको ‘आरआरआर’ले कमायो प्रि-रिलिजमै चार सय करोड

काठमाडौँ, फागुन १ : एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ले प्रि–रिलिजमै चार सय करोड कमाएको छ।

दुइटा फरक समयको कथालाई प्रस्त....

राजामौलीको ‘आरआरआर’ले कमायो प्रि-रिलिजमै चार सय करोड

काठमाडौँ, फागुन १ : एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ले प्रि–रिलिजमै चार सय करोड कमाएको छ।

दुइटा फरक समयको कथालाई प्रस्तुत गर्ने सिनेमामा राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा रहेका छन्। उनीहरूसँगै सिनेमामा आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी तथा रे स्टेभन्सनको अभिनय रहेको छ।

Hardik ivf

भारतीय मिडिया रिपोर्टहरुका अनुसार राजमौलीको ‘आरआरआर’ सिनेमाले रिलिज अगावै चार सय करोड भारतीय रुपैयाँ कमाई गरिसकेको छ। भारतीय सिने व्यापार विश्लेषक रमेश बालाले मंगलबार ट्वीट गर्दै यस्तो बताएका हुन्।

उनले ट्विटमा सिनेमाका सबै बिक्री अधिकारहरूबाट सिनेमाले देश र विदेशमा गरेर चार सय करोड भारू कमाइसकेको बताए। आगामी वर्ष जनवरी ८ मा रिलिज हुने यो सिनेमाको बजेट तीन सय करोड भारू रहेको बताईएको छ।

भारतीय सिनेमासम्बन्धी वेबसाइट फिल्मीबिटका अनुसार सिनेमाको तेलांगना बिक्री अधिकार करिब दुई सय १५ करोड भारूमा बिक्री गरिएको छ भने केरलामा सिनेमालाई १५ करोड भारूमा बेचिसकिएको छ। सिनेमालाई तमिलनाडूमा भने कतिमा बिक्री गरियो भन्नेबारेमा भने स्पष्ट हुन सकेको छैन।

 

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्