Kathmandu Press

काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

२०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो।
काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

मनाङ, असार ३० : हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध छ। २०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो।  

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले मोटरेबल पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार गरिएको जानकारी दिए। 'अहिलेका लागि यातायात सञ्चालन गर्न आवश्यक छ, काठकै पुल निर्माण गरी यातायात सञ्चानल गर्नुपर्छे', उनले  भने। मोटरेबल पुल निर्माणको प्रक्रिया दू्रत गतिमा अघि बढाइएको उनको भनाइ छ। 

Hardik ivf

डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका अनुसार तनहुँ, लमजुङ र मनाङ गरी तीन जिल्लामा १५ मोटरेबल पुलको ठेक्का दिने तयारी छ।

मनाङमा नौवटा मोटरेबल पुल निर्माण हुने योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिए। ठेकेदारले समयमै काम नगर्दा पुल निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ। वार्षिक रुपमा विनियोजित बजेट ‘फ्रिज’ हुने गरेको छ। 

'बजेट फ्रिज हुन नदिन ठेकेदारलाई कडाइ गरिएको छ', दासले भने। मनाङमा मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ।

सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा रु तीन लाखसम्म खर्च हुने गरेको प्रमुख दासले बताए। बर्खामा तत्कालका लागि अस्थायी रुपमा काठको पुल निर्माण गर्ने गरिएको छ। 'बिस्तारै जिल्लालाई काठेपुलरहित बनाउँदै छौँ', उनले भने।

प्रकाशित मिति: १५:१० बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्