एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एमालेको काठमाडौं महानगर कमिटीले आज यहाँ आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे।
काठमाडौं, असार ३० : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन्।
एमालेको काठमाडौं महानगर कमिटीले आज यहाँ आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे।
एमालेले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेअनुसार आज काठमाडौँ महानगर कमिटीले कालीमाटीको टङ्केश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो।
उपाध्यक्ष पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेतालाई पनि सपना देख्न सिकाएको स्पष्ट पारे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाँल, एमाले काठमाडौँ इन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित थियो।
एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला र महानगर–१३ का वडाध्यक्ष ध्रुर्वनारायण मानन्धरले विरुवा रोप्ने काम सबैको जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएको बताए।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)