Kathmandu Press

पत्नी शोकमा रहेका प्रचण्डलाई विप्लवले दिए समवेदना

आज (शनिबार) बिहान बालुवाटर पुगेर विप्लव, खडगबहादुर विश्वकर्मा 'प्रकाण्ड'लगायत नेताहरूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई भेटेर समवेदन प्रकट गरेका हुन् ।
पत्नी शोकमा रहेका प्रचण्डलाई विप्लवले दिए समवेदना

काठमाडौं, असार ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्।

आज (शनिबार) बिहान बालुवाटर पुगेर विप्लव, खडगबहादुर विश्वकर्मा 'प्रकाण्ड'लगायत नेताहरूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई भेटेर समवेदन प्रकट गरेका हुन् ।

भेटका क्रममा नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सीता दाहालको यही असार २७ गते निधन भएको थियो।

प्रकाशित मिति: १३:०७ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्