Kathmandu Press

‘सरकारले कुनै पनि अनुसन्धानमा हस्तक्षेप गरेको छैन’

उनले आफूहरुले कसैलाई पक्रन र कसैलाई छाड्न दबाब नदिएको भन्दै निर्दोष फस्ने र दोषी उम्किने हुन नहुने बताए ।
‘सरकारले कुनै पनि अनुसन्धानमा हस्तक्षेप गरेको छैन’

चितवन, असार ३० : उपप्रधानमन्त्रीस् तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार कुनै पनि अनुसन्धानमा हस्तक्षेप नगेको बताएका छन्।

भतरपुरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको भन्दै प्रहरीलाई कुनै दबाब नदिएको उल्लेख गरे।

उनले आफूहरुले कसैलाई पक्रन र कसैलाई छाड्न दबाब नदिएको भन्दै निर्दोष फस्ने र दोषी उम्किने हुन नहुने बताए । आफूहरुले प्रहरीलाई काम गर्न भनेको भन्दै त्यसै अनुसार प्रहरीले काम गरेको बताए।

‘कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिन्छ,’ उनले भने, ‘अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्छ। कुनै पनि प्रकरणमा अनुसन्धानको काम रोकिँदैन।’

मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको पनि उनले बताए । उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए।

प्रकाशित मिति: ११:१५ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्