टिचिङका कर्मचारी मृत्यु प्रकरणमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ
परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरेको हो।
काठमाडौं, असार २९ : त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका एक कर्मचारीको मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्रशासन प्रमुख बस्नेतसँगै फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त छन्।
शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)