Kathmandu Press

चलचित्र पत्रकार संघले गर्‍यो अन्तरक्रिया कार्यक्रम

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बलले आफ्नो भनाइ राखे।
चलचित्र पत्रकार संघले गर्‍यो अन्तरक्रिया कार्यक्रम

काठमाडौं, असार ३० : चलचित्र पत्रकार संघ नेपालले ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बलले आफ्नो भनाइ राखे।

निर्देशक नवल नेपालले चलचित्र पत्रकार र कलाकारहरु दुवैले एक–अर्कालाई जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार आफूलाई पनि आउँछ भन्ने बुझ्नुपर्ने बताए। उनले, मिडियाले फिल्म क्षेत्रमा योगदान पुर्याएका पुराना कलाकर्मीहरुलाई पनि संझनुपर्ने आवश्यकता औंल्याएका थिए।

Hardik ivf

यस्तै, नायिका केकी अधिकारीले नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको बताइन्। ‘नेपाली फिल्म क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु पनि पत्रकारिता गर्दै नै आएका हुन्। फिल्मको विकासमा मिडियाको प्रभाव बलियो छ,’ उनले भनिन्, ‘तर, मिडियाले विश्वसनियताको कुरालाई पनि गुमाउन हुँदैन। पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न सक्दैन।’

निर्देशक दीपाश्री निरौलाले अहिले पनि फिल्मीकर्मी र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तै भएको बताइन्। उनले अहिले प्रत्येक मानिस नै मिडिया जस्तो भएको भन्दै पत्रकारहरुले गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्ने तर्क गरिन्।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले पूर्वाग्रही ढंगबाट समाचार आउने गरेको भन्दै मिडियाले सत्यतथ्य बुझेर समाचार लेखिदिएको खण्डमा कलाकारहरुले न्याय पाउने तर्क गरे। उनले पेशाकर्मीहरुको परिचय हलबाट एउटा र मिडियाबाट अर्को रुपमा जाने भन्दै मिडियाको प्रभाव नेपाली फिल्ममा सबैभन्दा बढी भएको बताए।

पत्रकार तथा निर्देशक फूलमान बलले मिडियाकर्मी र फिल्मीकर्मीबिच दुरी परिस्थितीले सिर्जना गरेको बताए । ‘फिल्म क्षेत्र आफैमा व्यवसायिक छैन भने मिडिया पनि कसरी व्यवसायिक हुन सक्छ र? हामी एउटा फिल्म राम्रो बन्यो भन्दैमा फिल्म क्षेत्र नै उभो लाग्यो भन्न सक्दैनौं। यसैले सबैभन्दा पहिला फिल्म क्षेत्रलाई नै विकास गर्नका लागि सबैले लाग्न आवश्यक छ,’ उनले भने।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय कार्यक्रम उपाध्यक्ष कुवेर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मिडियाकर्मी र फिल्मीकर्मीले एक अर्कासँग दुरी बनाएर अगाडि जानै नसक्ने बिषयमा अधिकांश वक्ताले भनाई राखेका थिए। चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले संघले हरेक महिना एउटा बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताए।

 

प्रकाशित मिति: ०७:४९ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्