प्रधानमन्त्री पत्नी सीताप्रति लुद्वारा श्रद्धाञ्जली अर्पण
एक दिने नेपाल भ्रणमका लागि आजै बिहान काठमाडौं आएका लु सीताप्रति श्रद्धाञ्जली दिन साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
काठमाडौं, असार २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनप्रति नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले श्रद्धाञ्जली अर्पण गरेका छन्।
एक दिने नेपाल भ्रणमका लागि आजै बिहान काठमाडौं आएका लु सीताप्रति श्रद्धाञ्जली दिन साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनीसँगै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले पनि सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरे।
नेपाल भ्रमणमा रहेका लुले आजै प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गर्ने छन्। यसअघि उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवर्ता गरेका थिए।
प्रकाशित मिति: १९:४६ बजे, शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)