Kathmandu Press

खिम्ती जलविद्युत आयोजनाका प्राविधिक बेपत्ता

जिरी नगरपालिका– ४ का कुशल कार्की आयोजनाको हेडवर्क्समा काम गर्ने क्रममा शुक्रबार दिउँसो बोक्सेको भीरबाट चिप्लिएर नदीमा खसेका थिए।
खिम्ती जलविद्युत आयोजनाका प्राविधिक बेपत्ता

दोलखा, असार २९ : निर्माणाधीन खिम्ती जलविद्युत आयोजनाका एक प्रवाधिक काम गर्ने क्रममा खोलामा खसेर बेपत्ता भएका छन्।

जिरी नगरपालिका– ४ का कुशल कार्की आयोजनाको हेडवर्क्समा काम गर्ने क्रममा शुक्रबार दिउँसो बोक्सेको भीरबाट चिप्लिएर नदीमा खसेका थिए।

उनी त्यहाँ ओभरसियरको रुपमा काम कार्यरत थिए। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खिम्ती खोलाको बहाव अत्यधिक बढ्दा खोजी कार्यमा कठिनाइ उत्पन्न भएको छ।

प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्