एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट
सहायक विदेशमन्त्री लुले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने ओलीलाई बताएको एमालेले जनाएको छ।
काठमाडौं, असार २९ : एमाले अध्यक्ष केपी ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेट भएको छ। ओली र एक दिने भ्रमणका लागि शुक्रबार बिहान नेपाल आएका लुबी च्यासलस्थित एमाले मुख्यालयमा भेटवार्ता भएको हो ।
नेपालको संसदले एमसीसी पास गरेकोमा लुले एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएका थिए । सहायक विदेशमन्त्री लुले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने ओलीलाई बताएको एमालेले जनाएको छ।
भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए ।
ओलीलाई भेट्नुअघि लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग पनि भेट गरेका थिए । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम छ।
प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
