संविधानअनुसारको राज्यभन्दा पनि राज्यको संविधान कस्तो छ भने कुरा प्रमुख : ओली
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्न संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका हुन्।
काठमाडाैं, असार २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका छन्।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्न संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका हुन्।
ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रीत संविधान जनताले चाहेको धारणा राखे।
उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न अहिलेको संविधान आए पनि यसमा अपूर्ण देखि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए।
उनले भारत लगाएतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिँदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यकताअनुसार संविधानको संशोधन हुन सक्ने बताए।
ओलीले समग्रतामा मानवअधिकार पूर्ति हुन समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताए।

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)