Kathmandu Press

रोशीमा निःशुल्क स्वास्थ्य शिविर

बिहीबार र शुक्रबार गरी दुई दिन चलेको शिविरमा प्रसुति तथा स्त्रीरोग, हाडजोर्नी, अकुपञ्चर, प्लास्टिक सर्जरी, जनरल फिजिसियन, प्लास्टिक सर्जरी, अकुपञ्चर एवं मुटुरोग विशेषज्ञद्वारा चेकजाँच तथा औषधोपचारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अध्यक्ष दिनेश लामाले बताए।
रोशीमा निःशुल्क स्वास्थ्य शिविर

काभ्रे, असार २९ : रोशी गाउँपालिको मंगलटारमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिंगापुर रेडक्रस र प्रारम्भ संस्थाको प्राविधिक सहयोगमा रोशी गाउँपालिकाले मंगलटार स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

बिहीबार र शुक्रबार गरी दुई दिन चलेको शिविरमा प्रसुति तथा स्त्रीरोग, हाडजोर्नी, अकुपञ्चर, प्लास्टिक सर्जरी, जनरल फिजिसियन, प्लास्टिक सर्जरी, अकुपञ्चर एवं मुटुरोग विशेषज्ञद्वारा चेकजाँच तथा औषधोपचारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

Hardik ivf

21689335101.jpg

अध्यक्ष लामाका अनुसार शुक्रबार विशेषगरी इको एवं इसिजी तथा प्लास्टिक सर्जरी गरिएको थियो। शिविरमा ४ सयभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्योपचार सेवा लिएको उनले बताए।

शिविरको गाउँपालिका अध्यक्ष दिनेश लामाले उद्घाटन गरेका थिए। कार्यक्रममा उपाध्यक्ष मिमबहादुर वाईवा, प्रशासकीय अधिकृत रामबहादुर तामाङ, नेपाल पत्रकार महासंघ महासघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.पुरुसोत्तम सेढाई, सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि एवं प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री,  वरिष्ठ पत्रकार ईश्वरी ओझालगायत उपस्थित थिए।

41689335026.jpg

31689335058.jpg

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्