Kathmandu Press

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

भेटपछि देउवाले ट्विट गरेर सो जानकारी दिएका हुन्। सो भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको जानकारी देउवाले गराएका छन्। 
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं, असार २९ : कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

भेटपछि देउवाले ट्विट गरेर सो जानकारी दिएका हुन्। सो भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको जानकारी देउवाले गराएका छन्। 

'अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ ट्विटमा उनले भनेका छन्, ‘नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लुको अटल सहयोगका लागि कृतज्ञ छु।’

लु दक्षिण एसिया भ्रमणाका क्रममा आजै नेपाल आइपुगेका हुन्। उनी अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने जिम्मेवारीमा छन्।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्