मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको रघुजी पन्तकाे आरोप
शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिँड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका हुन्।
काठमाडाैं, असार २९ : नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिँड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका हुन्। उनले उक्त विधेयक रोकिनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गरे।
त्यस्तै पन्तले आफुले विधेयक नल्याउने तर दोष एमालेप्रति लगाउने कुरा उचित नभएको बताए। उनले संगीत नाट्य प्रतिष्ठानको भवनका लागि छुट्टाएको १५ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिन तयार हुने तर संस्कृतिको जगेर्नाका लागि भने सरकारले कुनै काम गर्न नसकेको धारणा राखे। उनले आफु राजतन्त्रबादी नभएपनि गणतन्त्रबादीहरुले राम्रा काम राजाहरुबाट पनि सिक्न हुने तर्क गरे।
बैठकमा प्रतिनिधिसभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका हुन्। प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बोलाइएको छ।










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
