Kathmandu Press

सरकारलाई सभामुखकाे रूलिङ- लम्पी स्किनको रोकथाममा भएका कार्यबारे जानकारी गराइयाेस्

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले लम्पी स्किन रोग रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यस विषयमा सदनमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।
सरकारलाई सभामुखकाे रूलिङ- लम्पी स्किनको रोकथाममा भएका कार्यबारे जानकारी गराइयाेस्

काठमाडाैं, असार २९ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका लागि गरेका कार्यहरुका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले लम्पी स्किन रोग रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यस विषयमा सदनमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।

लम्पी स्किनको बारेमा सदनमा पटक पटक आवाज उठेको अवस्थामा यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले रोग रोकथामका लागि गरेका कामकारवाहीका बारेमा जानकारी गराउन सम्बन्धीत मन्त्रीहरुलाई उनले निर्देश गरे।

त्यसअघि बैठकमा सांसदहरुले लम्पी स्किनले महामारीको रुप लिएर धेरै क्षति हुदा पनि सरकार गम्भीर नभएको बताएका थिए । बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगका कारण किसनाहरु पीडाको आहालमा डुबेर बस्न बाध्य भए पनि सरकार जिम्मेवरबिहीन भएको बताए।

उनले रकम अभाव नभएर उपचार गर्न नसकेको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउनुपर्ने धारणा राखे। 

त्यस्तै सांसद रामहरि खतिवडा, रोशन कार्की लगाएतले पनि किसानको समस्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्