Kathmandu Press

‘ललिता निवास प्रकरणलगायत भ्रष्टाचारमा ठुला माछाहरुलाई पनि कारबाही होस्’

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले ललिता निवासकाे जग्गा किन्नेलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाउँदै बेच्नेलाई पनि छाड्न नहुने माग राखेका हुन्।
‘ललिता निवास प्रकरणलगायत भ्रष्टाचारमा ठुला माछाहरुलाई पनि कारबाही होस्’

काठमाडौं, असार २९ कांग्रेस सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा सरकारी जग्गा किन्नेलाई मात्र नभएर बेच्नेलाई पनि कारबाही गर्नुपर्ने माग राखेका छन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले ललिता निवासकाे जग्गा किन्नेलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाउँदै बेच्नेलाई पनि छाड्न नहुने माग राखेका हुन्।

‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ,’ उनले भने, ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस्। व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन। सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मूलहरु को हुन्? तिनीहरुलाई कारबाही व्यवस्था गरोस्।’

त्यस्तै सांसद अमरेशकुमार सिंहले ललितानिवास प्रकरणमा टिप्पणी उठाउने शाखा अधिकृत जेल जाने तर निर्णय गर्ने व्यक्ति भने खुला रूपमा हिँड्ने अवस्था देखिएको बताए।

आकस्मिक समयमै बाेलेका उनले ललितानिवास प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जाेड दिए। उनले दलहरू बसेर भ्रष्टाचार गर्ने तर कर्मचारीहरूलाई फसाउने कामले मुलुकमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने जिकिर गरे। 

सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरे। उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन्। मन्त्रिपरिषदको निर्णय हो। मन्त्रिपरषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्‍यो नि!’ प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीका नाममा कसैलाई उम्किने छुट नभएकाे उनले बताए।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्