भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडाैं फर्काएर अवतरण
काठमाडौंबाट उडेको केही समयमै जहाजमा समस्या देखिएपछि फिर्ता गरिएको बताइएको छ।
काठमाडौं, असार २९ : काठमाडौंकाे झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको छ।
काठमाडौंबाट उडेको केही समयमै जहाजमा समस्या देखिएपछि फिर्ता गरिएको बताइएको छ।
बुद्धको ९५५ उडान नम्बरको जहाजमा इन्डिकेसनको समस्या देखिएपछि काठमाडौं फर्काएर सवा २ बजे अवतरण गरिएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ। २ बज्न लाग्दा उक्त जहाज उडेकाे थियाे। करिब १८ मिनेटकाे अन्तरालमा जहाज अवतरण गरिएकाे हाे।
यात्रुलाई झापा पठाउने तयारी भइरहेकाे र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जानकारी दिएकाे छ।
प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)