लम्पी स्किन रोगले विकराल रूप लिँदा पनि सरकार गम्भीर नभएको एमालेकाे आरोप
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगले चार महिनाको अवधिमा ३७ अर्ब क्षति भएको बताए।
काठमाडौं, असार २९ : एमालेले पशुचौपायमा लागेको लम्पी स्किन रोगले विकराल रूप लिँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगले चार महिनाको अवधिमा ३७ अर्ब क्षति भएको बताए।
‘लम्पिस्किनले विकराल रूप लिएको छ। धेरै किसानका दुधालु गाईभैंसीमा मरेका छन्। खेती लगाउने समयमा गोरुहरू मरेका छन्। चार महिनाको अवधिमा आठ लाख पशु चौपाया संक्रमित भएका छन्। २७ हजार मरेका छन्। गरिब किसानको ३७ अर्ब क्षति भएको छ,’ उनले भने।
सरकारले तदारुपता देखाएर खोप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। अहिलेसम्म सरकारले दुई लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको उनले बताए। ‘निकट भविष्यमा २५ लाख पशुचौपाया संक्रमित हुने र एक लाख मर्ने अवस्था आउने विज्ञहरुको भनाइ छ,’ उनले भने। गाउँमा प्राविधिक, खोप, औषधि पार्याप्त रुपमा नपाठएले पशु मरिरहेको भन्दै उनले सरकारको ध्यानकर्षण गराए।
उनले संसद विकास कोषको रकम रकमान्तर गरेर भए पनि राहत, औषधि उपलब्ध गराउन माग गरे। ‘किसान रोइरहेका छन्। उनीहरूले कहीँबाट धर पाइरहेका छैनन्। यस्तो स्थितिमा जिम्मेवारीबाट विमुख भएर सरकारले अभिव्यक्ति दिन मिल्दैन,’ उनले भने, ‘यदि सरकारसँग पैसा नपाएर राहत नपाएको भए निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमबाट रकामान्तर गरेर भए पनि ती किसानलाई राहत उपलब्ध गराउनुपर्छ।’









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)