मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने रास्वपाकाे चेतावनी
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे।
काठमाडौं, असार २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे। शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने बताउँदै उनले शून्यमा गएको उक्त विधेयकलाई ब्युँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिए।
‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिनेछ। यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्वसूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन,’ उनले भने, ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन।’
उनले मिटरव्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताए। लामिछानेले सत्तापक्षका केहि दलहरुका कारण मिटरव्याजसम्बन्धी कानूनलाइ रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र विपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे।
सरकारले ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेश गरिएको थियो । तर सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्कृय भएको थियो ।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)