Kathmandu Press

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडाैं, असार २९ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 

उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ। आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ। यसैगरी कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए। 

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गली लगायतले एकीकृत समाजवादी पार्टी केही समयअघि मात्रै छाडेका थिए।

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्