Kathmandu Press

राष्ट्रियसभाबाट दुई विधेयक पारित

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस’ भन्ने प्रस्ताव पेस गरेकाेमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो। उक्त विधेयकहरु संशोधन बिना मूल रुपमै पारित भएको छ।
राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडाैं, असार २९ : राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस’ भन्ने प्रस्ताव पेस गरेकाेमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो। उक्त विधेयकहरु संशोधन बिना मूल रुपमै पारित भएको छ।

बैठकमा राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो। त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री डा प्रकाशशरण महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताएका थिए।

अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको उहाले बताए। उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने पनि जानकारी दिए।

अहिले मूल्यबृद्धि घट्दै गएको र सकारात्मक दिशातर्फ मुलुकको अर्थतन्त्र अगाडी बढेको बताउनुभयो। राष्ट्रियसभाको अर्को बैठक साउन १ गते बोलाइएको छ। 

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्