Kathmandu Press

टिचिङका एक कर्मचारी अस्पतालमै मृत भेटिए

त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत भेटिएका हुन्।
टिचिङका एक कर्मचारी अस्पतालमै मृत भेटिए

काठमाडौं, असार २९ : टिचिक अस्पतालका एक कर्मचारी अस्पताल परिसरमै मृत्यु भेटिएका छन् ।

त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत भेटिएका हुन्।

शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेको थियो। घटनास्थलमा दुई पानाको सुसाइड नोट पनि भेटिएको बताइएको छ।

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्