Kathmandu Press

बस र ट्रक आपसमा जुध्दा ट्रक सप्तकोशीमा खस्यो, तीन जनाको सकुशल उद्धार

पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ट्रक सप्तकोशीमा खसेको हो।
बस र ट्रक आपसमा जुध्दा ट्रक सप्तकोशीमा खस्यो, तीन जनाको सकुशल उद्धार

सुनसरी, असार २९ : शुक्रबार बिहान कोशी ब्यारेज पुलमा यात्रुबहाक बस र मालबहाक ट्रक जुधेका छन्। ब्यारेज पुलका १० नम्बर ढोका अगाडि बस र ट्रक जुध्दा ट्रक सप्ताकोशी नदीमा खसेको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ट्रक सप्तकोशीमा खसेको हो।

प्रहरीका अनुसार सप्तकोशी नदीबाट ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ। बसका यात्रुहरू सकुशल रहेको बताइएको छ।

१० नम्बर ढोका अगाडिको पुलबाट नदीमा ट्रक झर्दा पुलको १० फिट पर्खालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। छ ।

नदीमा खसेको मालवाहक ट्रकबाट सामान नदीमा बगेको तथा ट्रकलाई निकाल्ने प्रयास भइरहेको एसपी ढकालले जानकारी दिए।

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्