अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
उनले आजै नेपाल सरकारका उच्च नेतृत्वसँग शिष्टाचार भेट गर्ने र अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने बताइएको छ।
काठमाडौं, असार २९ : अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने भ्रमणका क्रममा आज नेपाल आउँदैछन्।
उनले आजै नेपाल सरकारका उच्च नेतृत्वसँग शिष्टाचार भेट गर्ने र अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने बताइएको छ।
यसका साथै मन्त्री लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने बताइएको छ।
उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन्। उनी गत वर्ष पनि नेपालको भ्रमणमा आएका थिए।
प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, असार २९, २०८०
थप समाचार





