Kathmandu Press

दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक

राजनीतिले गाउँमा पारेको देखिएको समस्या र त्यसले पारेको प्रभावका विषयलाई समेटेको फिल्ममा बनिश शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन छ।
दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक

काठमाडाैं, असार २८ : दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँ’को फस्टक लुक सार्वजनिक भएको छ। हिमाल शर्माको प्रस्तुति तथा दीपेन्द्र लामाले नै लेखेको फिल्म भदौ २९ गते प्रदर्शनमा आउने छ।

पोस्टरमा अधिकांश कलाकार अटाएका छन्। काभ्रेमा छायाँकन गरिएको फिल्म जय श्रेष्ठले निर्माण गरेका हुन् भने फिल्ममा राम श्रेष्ठ कार्यकारी निर्माता छन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा र साम्राज्ञी राज्शाहको मुख्य भूमिका छ। फिल्ममा उनीहरुसँगै शिशिर बाङ्देल, बुद्धि तामाङ, विशाल पहारी, रविन्द्र झा, राज थापा, कमलमणि नेपाल, अंकित खड्कालगायतलाई पनि हेर्न सकिन्छ।

राजनीतिले गाउँमा पारेको देखिएको समस्या र त्यसले पारेको प्रभावका विषयलाई समेटेको फिल्ममा बनिश शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन छ।

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्