Kathmandu Press

‘न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढ्छ’

‘विभिन्न अदालतमा न्यायाधीश पद रिक्त छ, नियुक्ति प्रक्रिया लागि चाँडै अघि बढाइनेछ ।न्याय परिषद्को सदस्यको भएकाले छिट्टै त्यो काम अघि बढाउने छु,’ मन्त्री गुरुङले भने ।
‘न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढ्छ’
फाइल तस्बिर।

काठमाडौं, असार २८ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले विभिन्न अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताए।

‘विभिन्न अदालतमा न्यायाधीश पद रिक्त छ, नियुक्ति प्रक्रिया लागि चाँडै अघि बढाइनेछ,’ मन्त्री गुरुङले भने, ‘न्याय परिषद्को सदस्यको भएकाले छिट्टै त्यो काम अघि बढाउने छु।’

संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि कानुनको अध्ययन, पहिचान र अध्ययन गरिरहेको सदनलाई जानकारी उनले दिँदै केही नेपाल ऐन संशोधनमार्फत दुई सयभन्दा बढी कानुन निर्माण गरिसकेको जानकारी गराए।

‘मौलिक हकका कानुनको पनि निर्माण गरिसकेको छ, संविधान जारी भइसकेपछि १९१ ऐन जारी भइसकेको छन्। मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनिसकेका छन्, दुईवटा नियमावली मात्र बन्न बाँकी छ, त्यो बन्ने प्रक्रियामा छ,’ मन्त्री गुरुङले भने।

मन्त्री गुरुङले न्यायलाई जनतासँग जोड्नकै लागि स्थानीय तहमा न्यायिक समिति निर्माण गरिएको र सरकार संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने र अन्य कानुन जिम्मेवार भएर कानुन निर्माण गरिरहेको बताए।

प्रकाशित मिति: १९:०५ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्