Kathmandu Press

बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा लगिएको थियो। सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।
बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

दाङ, असार २८ : उपचार गराइरहेका एक बालकको मृत्यु भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त बनेको छ। प्रतिष्ठानमा उपचारका लागि ल्याएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको बिहीबार बिहान मृत्यु भएपछि प्रतिष्ठान तनाव ग्रस्त बनेको हो।

छारे रोग लागेका बालकलाई मंगलबार साँझ उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । बालकको बिहीबार बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा लगिएको थियो। सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।

घटनापछि मृतकका आफन्तले दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन् । आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरवाही भएको बताएका छन्।

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्