Kathmandu Press

राप्रपामा अब अनलाइबाटै साधारण र सक्रिय सदस्य बन्न र आर्थिक सहयोग गर्न सकिने

बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले राप्रपाः अव नवीन राप्रपा कार्ययोजना अन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारा सहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरु गरेको जनाएको हो।
राप्रपामा अब अनलाइबाटै साधारण र सक्रिय सदस्य बन्न र आर्थिक सहयोग गर्न सकिने

काठमाडाैं, असार २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीमा काम नगरी नेता हुन नपाईने व्यवस्था सहितको नवीन राप्रपा–२०८० को कार्ययोजना सार्वजनिक गरेको छ।

बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले राप्रपाः अव नवीन राप्रपा कार्ययोजना अन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारा सहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरु गरेको जनाएको हो।

अभियान अन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको भुगोल केन्द्रीत जिम्मेवारी प्रदान गरेको छ भने तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

उनले पार्टीले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनौटमा उम्मेदवार तय गर्ने पनि बताए। त्यस्तै उनले पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नका साथै आर्थिक सहयोग गर्न पनि सकिने जानकारी दिए।

राप्रपाले ६ महिनाभित्रमा १ सय ६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने जनाएको छ। प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि जनजिविकाका सवाल तथा राजनीतिक मन्यता स्थापनाका लागि जनदवाव श्रृजनाका क्रियाकलाप अघि बढाउने राप्रपाले जनाएको छ। 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्