सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज (बिहीबार) २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो। राउतको तर्फबाट उषा कार्कीले बन्दी प्रत्यक्षीकरणका लागि रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै इजलासले ४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो।
काठमाडौं, असार २८ : ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सूचना तथा सञ्चार प्रविधि सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज (बिहीबार) २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो। राउतको तर्फबाट उषा कार्कीले बन्दी प्रत्यक्षीकरणका लागि रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै इजलासले ४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो।
ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सचिव राउतलाई पक्राउ गरेको थियो। उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो।
भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएको बताइएको छ।

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)