‘सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको छ’
राष्ट्रियसभाका बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढेको र यसमा जनताको साथ प्राप्त भएको बताए।
काठमाडाैं, असार २८ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको बताएका छन्।
राष्ट्रियसभाका बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढेको र यसमा जनताको साथ प्राप्त भएको बताए।
उनले सुशासनका लागि सरकारले गरेका कामबाट कुनै हालतमा बिश्राम नलिने स्पष्ट पारे। धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसून्, दोषी अपराधी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको धारणा राखे। साधनस्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको उहाको भनाइ छ।
श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको पनि बताए।

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)