Kathmandu Press

जहाज खरिद मेरो नीजि स्वार्थमा होइन, राष्ट्रिय आवश्यकता : मन्त्री किराती  

उनले नेपाल वायु सेवा निगमले तीनवटा साना जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी समेत दिएका छन्। मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको भनाई पनि राखे।
जहाज खरिद मेरो नीजि स्वार्थमा होइन, राष्ट्रिय आवश्यकता : मन्त्री किराती  

काठमाडौं, असार २८ : राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

उनले नेपाल वायु सेवा निगमले तीनवटा साना जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी समेत दिएका छन्। मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको भनाई पनि राखे।

उनले राष्ट्रिय सभामा भने, ‘जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकताको बिषय हो। मेरो नीजि स्वार्थको बिषय होइन।’ किरातीले दुर्गम क्षेत्रमा विमानस्थलहरू बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए। 

‘दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएका छन्,’ मन्त्री किरातीको भनाई थियो, ‘प्रचलित कानून अनुसार नै पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छु।’ 
 
प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्