Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार केशव तुलाधर पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई पक्राउ गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार केशव तुलाधर पक्राउ

काठमाडौं, असार २८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई पक्राउ गरेको हो।

सानो भर्‍याङबाट पक्राउ परेका उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो।

पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो।

कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन्। दुई जना भने धरौटी बुझाएर रिहा भएका छन्।

फरार रहेका १२ जनामध्ये तुलाधर पनि एक थिए। तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ।

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्