Kathmandu Press

तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन

रुस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन गरेको हो।
तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन

काठमाडाैं, असार २८ : मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ।

रुस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले रुसः तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिनः मानवता पराजित, रुसी आक्रमण बन्द गर, युद्धको ५०५ दिनः इतिहास लज्जित, रुसी आक्रमणका कारण हजारौ नागरिकको मृत्यु, मानवता पराजित हुँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शन पश्चात रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदुतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले युद्धका कारण मानवता पराजित भइरहेको दुखद अनुभव भएको र यसले समग्र विश्वमा नै असर परेकाले ध्यानाकर्षण गरिएको बताए। 

रुसलाई युद्ध रोक्न आग्रहसहित समाजले बिगतमा पनि रुसी राजदुतावसा अगाडि पटक पटक र देशभरी धेरै पटक प्रदर्शन गरिसकेको जनाएको छ। 

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्