कुवेत जान लागेका ११७ जना श्रमिक विमानस्थलबाटै फर्काइए
उनीहरूमध्ये बुधबार साँझ सलाम एयरमार्फत १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत १६ जना श्रमिक कुवेत जान लागेका थिए। उनीहरूले वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए।
काठमाडौं, असार २८ : कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएका छन्। भिसा शंकास्पद रहेको भन्दै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले श्रमिकलाई विमानस्थलबाटै फर्काएकाे हाे।
उनीहरूमध्ये बुधबार साँझ सलाम एयरमार्फत १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत १६ जना श्रमिक कुवेत जान लागेका थिए। उनीहरूले वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए।
सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा जान लागेको देखिएपछि उनीहरूलाई फर्काइएको विभागले जनाएकाे छ।
फर्काइएकामध्ये आधाजति संख्या महिलाकाे रहेकाे अध्यागमनकाे भनाइ छ। श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को खालकाे भिसाको कागजात रहेको पाइएपछि उनीहरुलाई फर्काइएको अध्यागमन विभागले जनाएकाे छ।
विभागका अनुसार पछिल्ला केही दिनमा कुवेत जानेहरुको संख्या बढेपछि सोधपुछ बढाइएको थियो। बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी छ।
जाली भिसा लगाएको पुष्टि भए विभाग आफैंले पनि कारबाही गर्ने महानिर्देशक अधिकारीले बताए। स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए। मेनपावर व्यवसायीले भने सबै प्रक्रिया पूरा गरे पनि श्रमिकलाई कर्मचारीले दु:ख दिने नियतले गन्तव्य मुलुक जान नदिएको बताएका छन् ।
आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो।










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
