Kathmandu Press

खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै एकाइ गठन गर्ने योजना सरकारकाे छ : मन्त्री लिम्बू

बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले पूर्वधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत खर्च ९ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाइ गठन गर्ने योजना रहेको बताएका हुन्।
खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै एकाइ गठन गर्ने योजना सरकारकाे छ : मन्त्री लिम्बू

काठमाडाैं, असार २८ : खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै एकाइ गठन गर्ने योजना रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले पूर्वधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत खर्च ९ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाइ गठन गर्ने योजना रहेको बताएका हुन्।

उहाले एक बर्षभित्र साहसिक पर्वतीय खेलकुद प्रतियोगीता आयोजना गरेर पर्यटन क्षेत्रको बिकास गर्ने बताउनुभयो । क्रिकेटको सफलतालाई मध्यनजर गर्दै किर्तिपुर, मुलपानी र विराटनगर र नारायणी रंगशालालाई सुविधासम्पन्न बनाएर १२ महिना नै अन्तराष्ट्रिय खेल खेल्ने वातावरण निर्माण गर्ने उनले बताए। मन्त्री लिम्बुले राष्ट्रिय खेलाडीहरुको जीवन बीमा गरेर ढूक्कसंग खेल खेल्ने अवसर सरकार प्रदान गर्ने जिकिर गरे।

उहाले १५ वर्षमूनिका बालबालिकाहरुलाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट बिकास गर्न आगामी आर्थिक बर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिए।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्