Kathmandu Press

‘विपन्न नागरिकलाई सहज उपचारको व्यवस्था गरिएको छ’

‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं,’ उनले भने, ‘तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन।’
‘विपन्न नागरिकलाई सहज उपचारको व्यवस्था गरिएको छ’
फाइल तस्बिर।

काठमाडौं, असार २९ : स्वास्थ्यमन्त्री मोहन बस्नेतले विपन्न नागरिकलाई सहज रुपमा उपचारको व्यवस्था मिलाइएको बताएको छ। बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले मुलुकभरका अस्पतालमा विपन्न नागरिकलाई सहज रुपमा उपचार गर्ने व्यवस्था गरिएको बताए।

सीमित बजेटका बाबजुत पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै उपचारका लागि विदेश जानु पर्ने अवस्थालाई अन्त्य गर्दै लैजाने उनले उल्लेख गरे। उनले भने, ‘आधारभूत स्वास्थ्य सेवाको सहज पहुँचका लागि सरकार तत्पर छ, यस क्षेत्रमा भएका बेचिथिलाई अन्त्य गर्न सदनको मद्दत आवश्यक छ।’

संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताए। ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं,’ उनले भने, ‘तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन।’

लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले अघि बढेको जानकारी उनले दिए । आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको जानकारी उनले बताए।

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्