Kathmandu Press

रास्वपा सरकारको रेसमा छैन : लामिछाने

उनले पार्टीले आफ्ना निर्णयहरु स्वतन्त्र रुपमा गर्ने गरे पनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको सुनाए।
रास्वपा सरकारको रेसमा छैन : लामिछाने

काठमाडौं, असार २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लामिछानेले अहिले पार्टी विस्तार लगाएत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको बताए ।

सो अवसरमा उनले सरकारमा सहभागी हुने योजना नरहेको र पार्टीभित्र पनि कुनै छलफल नभएको बताए। लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायीत्वको पक्षमा रास्वपा रहेको जिकिर गरे।

उनले पार्टीले आफ्ना निर्णयहरु स्वतन्त्र रुपमा गर्ने गरे पनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको सुनाए। ‘अहिले रास्वपा प्रतिपक्षीमा छ । सबै प्रतिपक्षीको एजेण्डा समान हुन सक्दैन,’ उनले भने ।

लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अब सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गरे।

उहाले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी गरेको पनि बताए।

प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्