‘राजदूत नियुक्त प्रक्रिया चाँडै टुंगिन्छ’
‘राजदूत नियुक्तिमा परराष्ट्रभित्रबाट ५० र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ,’ उनले भने, ‘सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको । यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’
काठमाडौं, असार २८ : परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै टुंगिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले तत्काल राजदूच नियुक्तीका लागि सरकारले छलफल गरिरहेको बताए।
स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेतगरी ७ स्थानमा राजदूत रिक्त रहेका स्थानमा राजदूत नियुक्त गर्न उच्च तहमा छलफल भइरहेको उनले बताए।
‘राजदूत नियुक्तिमा परराष्ट्रभित्रबाट ५० र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ,’ उनले भने, ‘सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ। यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’
मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका दाबी गरे।











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)