दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त
सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन्।
काठमाडौं, असार २८ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ।
सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन्।
सीता दाहालले माओवादी केन्द्रमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको निमन्त्रणामा भएको द्विपक्षीय छलफलमा उनको सहभागिता रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो।
यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासमा नेतृत्व गर्नका लागि प्रधानमन्त्री दाहालको दृढशक्तिको कामना समेत गरेको छ।
बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दहालकाे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)