Kathmandu Press

काठमाडौं महानगरमा कक्षा ११ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाण्डौ डट जिओभी डट एनपी मा आवेदन पेस गर्नुपर्नेछ ।
काठमाडौं महानगरमा कक्षा ११ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

काठमाडौं, असार २८ : काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाण्डौ डट जिओभी डट एनपी मा आवेदन पेस गर्नुपर्नेछ ।

विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षा साउन २० गते विहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन् । 

प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्