Kathmandu Press

डा. तोसिमा कार्कीको अभिव्यक्तिले चर्को आलोचना, मागिन् माफी

दुःखको घडीमा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नुपरेको हो । पुराना दलको विकल्प भनिएका नेताहरूको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको भन्दै उनीबिरुद्ध सामाजिक सञ्जाल चर्को आलोचना भइरहेको छ ।  
डा. तोसिमा कार्कीको अभिव्यक्तिले चर्को आलोचना, मागिन् माफी

काठमाडौं, असार २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नुपरेको छ ।

दुःखको घडीमा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नुपरेको हो । पुराना दलको विकल्प भनिएका नेताहरूको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको भन्दै उनीबिरुद्ध सामाजिक सञ्जाल चर्को आलोचना भइरहेको छ ।  

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्ति असंवेदनशील भएको आरोप लागेको हो ।  तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ? ’ भन्नेलगायतका अभिव्यक्तिहरु दिएकी छन् । 

श्रीमानहरु गुमाएका, श्रीमती गुमाएका, छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुःखलाई पनि उनले सम्झनुपर्छ । आफ्नै दुःख सरह बुझनुपर्छ र त्यसका लागि के गर्नुपर्छ, कसरी सम्बोधन हुनसक्छ भन्नेकुरा चाहिँ प्रधानमन्त्रीको हैसियतमा एउटा राष्ट्रको पिताको हेर्ने व्यक्तिले सम्झनुपर्छ भन्ने अभिव्यक्ति दिएकी थिईन् । 

यसैबीच तोसिमाले चर्को आलोचनापछि आफूले बोलेको बाइट तोडमोड भएको दाबी गरेकी छन् । उनले पूरा भिडियो सुन्न आग्रह गर्दै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोकामा क्षमायाचना समेत गरेकी छन् । 

प्रकाशित मिति: ०८:०२ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्