एमालेको सचिवालय बैठक असार ३० गते बस्ने
बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ।
काठमाडौं, असार २७ : पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेले ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा असार ३० गते सचिवालय बैठक बोलाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ।
यसैगरी अध्यक्ष केपी ओलीले आज पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन्। ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गरेको उनले बताए।
छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए।











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)