Kathmandu Press

प्रहरी जवानलाई पाता कसेर यातना दिएको विषयमा छानबिन गर्न समिति

आवश्यक छानबिन गरी  जति सक्दो चाँडो प्रतिवेदन बुझाउन टोलीलाई निर्देशन दिइएको जनाइएको छ।
प्रहरी जवानलाई पाता कसेर यातना दिएको विषयमा छानबिन गर्न समिति

जनकपुरधाम, असार २७ : जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई पाता कसेर यातना दिएको विषयमा छानबिन गर्न समिति बनाइएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो। घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन अघि बढाएको हो।

आवश्यक छानबिन गरी  जति सक्दो चाँडो प्रतिवेदन बुझाउन टोलीलाई निर्देशन दिइएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई गत सोमबार पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएपछि त्यसलाई लिएर प्रहरी प्रशासनको आलोचना भएको थियो।

पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको भनी इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख हुँदा पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन्।

प्रहरी जवान रायले मादक पदार्थ सेवन गरी सर्वसाधारण र प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिइ सम्झाइएको सिरहा प्रहरीको दाबी छ।

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्