माओवादीले पार्टीका सबै कार्यालयमा दुई दिन पार्टीको झन्डा आधा झुकाउने
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनपछि बसेको पदाधिकारी बैठकले दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए।
काठमाडाैं, असार २७ : नेकपा माओवादी केन्द्रले पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने भएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनपछि बसेको पदाधिकारी बैठकले दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए।
त्यस्तै बिहीबार देशभरका सवै कार्यालयहरुमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने निर्णय भएको उहाले बताए। नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता भएको बताए।
माओवादीका सल्लाहकार समेत रहेकी सीता दाहालको बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो।

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)