ललिता निवास जग्गा प्रकरण : थप एक जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिआइबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।
काठमाडौं, असार २७ : प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिआइबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।
ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालयमातहतको समरजंग कम्पनी थियो। तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परेकाेमा समरजंग कम्पनीका तीन जना छन्।
प्रकाशित मिति: १७:१९ बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)