Kathmandu Press

कोसी प्रदेश सरकारविरुद्धको रिट आज ‘हेर्न भ्याइने’ 

तीन दिनसम्म लगातार ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त रिटमा सुनुवाइका लागि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलास तोकिएको छ।
कोसी प्रदेश सरकारविरुद्धको रिट आज ‘हेर्न भ्याइने’ 

काठमाडौं, असार २७ : कोसी प्रदेश सरकारविरुद्ध दायर भएको रिट निवेदनमा बुधवार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ।

तीन दिनसम्म लगातार ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त रिटमा सुनुवाइका लागि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलास तोकिएको छ। खाजा समयपछि एकवटा मुद्दामा सुनुवाईपछि कोही प्रदेश विवादको रिटमा सुनुवाइको तयारी भएको छ। 

रिटमा सुनुवाइका लागि आइतवार, सोमवार र मंगलवार पेसी सूची तय भएर पनि उक्त रिट ‘हेर्न नभ्याइने’ परेको थियो। गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन्।

रिटमा नवनियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै सरकार गठन रोक्न अन्तरिम आदेशको माग गरिएको छ।

प्रकाशित मिति: १४:५७ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्